नेप्से सूचक २३ अंकले घट्दा करोबार १ अर्बमा खुम्चियो
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक २३ अंकमाथिले घट्न पुगेको छ । यसदिन नेप्से सूचक २३.६० अंकले घट्दै २ हजार ४६.८१ अंकको विन्दुमा ओर्लिएको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि २१.१५ अंकले घट्दै नेप्से सूचक २०७०.४१ अंकमा अडिएको थियो ।
हिजो आइतबार भने प्रजातन्त्र दिवसका कारण सार्वजनिक विदा हुँदा सेयर बजार बन्द रह्यो । उसो त सोमबार २३ अंकमाथिले नेप्से घट्दै गर्दा यता कारोबार रकम समेत १ अर्ब ९४ करोड १६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी हिमालयन डिस्टिलरीको आज २० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड ४८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्ड र ट्रेडिङ बाहेक अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीहरुले आज अधिकतम १० प्रतिशतले कमाएका छन् भने जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.१५ प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण