महासचिव देव गुरुङको प्रश्न : एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ?
काठमाडौँ । राष्ट्रपति पद नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् । उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।
‘संविधानको भावनाअनुसार जानुपर्छ । संविधानको संरक्षक हो राष्ट्रपति पद । त्यसैले संविधानविपरित हामी मान्दैनौ’, गुरुङले भने, ‘दलहरूको जस्ट सिफारिस मात्र हो ।’ महासचिव गुरुङले प्रश्न गर्दै एमाले पार्टी विशेषको राष्ट्रपति हुन नसक्ने पनि बताए ।
‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’, उनले कुनै दलले प्रस्ताव राख्न पाउने भएपनि कुनै दल विशेषलाई राष्ट्रपति बनाउन नसकिने बताए ।
जसले साझा सहमति जुट्न सक्ने पात्र अघि सार्छ, जसले राष्ट्रियता र संविधानको पक्षमा काम गर्छ र उसैलाई माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने महासचिव गुरुङको दावी छ । उनले एमालेलाई धोका दिएको भन्ने कुरा पनि सत्य नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण