एमालेलाई विश्वप्रकाशको प्रश्न : एक पटकको भत्ताले जिन्दगीभर सत्ता ?
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्ने गरेको टिप्पणी गरेका छन् । उनले एमालेले सुरुवात गरेपनि त्यसलाई १०० बाट ३ सय बनाउने पार्टी कांग्रेस भएको बताए । कांग्रेसले आफुले गरेको काम जनतामा बुझाउन नसकेको समेत उनले बताए । सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘एक पटकको भत्ताले जिन्दगीभर सत्ता ?’
शर्माले ३ सयदेखि ५०० र २ हजारसम्म कांग्रेसले भत्ता बढाएको बताउँदै कांग्रेसले आफुले गरेको कामको भाग खोज्नुपर्ने तर्क राखे । ‘समाजमा केही हुन सकेन भन्ने खालको कुराले जनतामा असन्तुष्टि पैदा गर्छ,’ शर्माले भने, ‘आफुले गरेका कामहरुलाई जनताको बीचमा बुझाउन सक्नुपर्छ ।’
शर्माले अब कांग्रेस नवीनतम तरिकाले अघि बढ्नुपर्ने र बहुमत ल्याउनेगरी लाग्नुपर्ने सन्देश दिएको बताए । यो पटक सबैभन्दा ठुलो पार्टी भएर पनि आफ्नै कमजोरीका कारण सत्तामा पुग्न नसकेको बताउँदै उनले भने, ‘अब कांग्रेसलाई बदल्नुपर्छ, बदल्छौं र देशभरीबाट बहुमत ल्याएर आगामी दिनमा सिंहदरबारको नेतृत्व गर्नेगरि जानुपर्ने मनोविज्ञान आम कार्यकर्ताले बनाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण