बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ विश्वविद्यालयमा आईएसओ ‘वाइल्डिङ सर्टिफिकेसन’ परीक्षा

सोमबार, ०८ फागुन २०७९, २० : १५
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) मा वाइल्डिङ सम्बन्धी आईएसओ सर्टिफिकेसन परीक्षा सुरु भएको छ । परीक्षा केयुको टेक्निकल टे«निक सेन्टर (टिटिसी) मा सोमबारदेखि सुरु भएको हो । केयु र दक्षिण कोरियाको नेपालस्थित क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरले केयुमा आईएसओ सर्टिफाईट परीक्षा तथा तालिम सेन्टर सञ्चालन गरेको थियो । 

परीक्षामा नेपालको विभिन्न ठाउँमा रहेर वाईल्डिङको क्षेत्रमा काम गर्दै आएका ७१ जना परीक्षार्थी सहभागी रहेको क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका आईएसओ सर्टिफिकेसन परीक्षा संयोजक गणेशमान लामाले जानकारी दिए ।  परीक्षामा सहभागि हुनुअघि उनीहरुले कोरियन प्रशिक्षकबाट तालिम लिएका थिए । अन्तर्राष्ट्रिय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्न वाईल्डिङ तालिमले मद्दत गर्ने संयोजक लामाले बताए ।  

उनका अनुसार मंगलबार र बुधबार प्रयोगात्मक परीक्षा हुनेछ । परीक्षामा उत्तिर्ण भएपछि विश्वको जुनसुकै ठाउँमा गएर काम गर्न सक्नेछन् । परीक्षाको नजिता दक्षिण कोरियामा रहेको दक्षिण एशिया हेर्ने वाईल्डिङ आईएसओको मुख्यालय (आईक्यूसीएस) ले प्रकाशन गर्नेछ । परीक्षाका लागि दक्षिण एशिया वाईल्डिङ आईएसओ मुख्यालय (आईक्यूसीएस) का प्रमुख क्वाङ आमको नेतृत्वमा ४ सदस्यीय टोली नेपाल आएको छ ।  

परीक्षा सञ्चालन गर्नुअघि दक्षिण एशिया वाईल्डिङ आईएसओ मुख्यालयका प्रमुख क्वाङ आमको टोलीले केयुका उपकुलपति प्रा. डा. भोला थापासँग भेटघाट गरेको थियो । केयुका भेटमा उपकुलपति प्रा.डा थापाले परीक्षालाई गुणस्तरीय र मर्यादित ढंगले सञ्चालन गर्न आग्रह गरे । 

केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले दक्ष जनशक्ति उत्पादन गर्ने केयुको उद्देश्य पुरा गर्न आईएसओ सर्टिफिकेसन परीक्षा तथा तालिम सेन्टरले थप मद्दत पुग्ने बताए । 
वाईल्डिङ आईएसओ सर्टिफाई परीक्षाको तयारी तालिममा २० देखि ५० वर्ष उमेर समूहका ब्यक्ति सहभागि हुन पाउनेछन् । आईएसओ सर्टिफिकेट लिनका लागि अनुभव नभएकाले कम्तीमा ६ महिनासम्म वल्डिङको तालिम लिनु पर्नेछ ।

क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका अध्यक्ष पुर्णलाल श्रेष्ठले प्रत्येक महिना आईएसओको परीक्षा सञ्चालन गरिने बताए ।  प्रत्येक महिना ५० देखि १ सय जनासम्मलाई तालिम दिन सकिने बताइएको छ । आईएसओको सर्टिफिकेसन परीक्षा प्रत्यक्ष महिना सञ्चालन गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप