‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टिभीबाट आउने, अन्य घोषणा आजै

काठमाडौँ । हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने भएको छ । जितुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेको शो कहिलेबाट प्रसार हुने र कस्तो रहने भन्ने विषयमा कान्तिपुर टेलिभिजनले आज एक कार्यक्रम सहित घोषणा गर्दैछ ।
घोषणा कार्यक्रममा शो प्रसार मिति, प्रोमोको अलावा टिम समेत सार्वजनिक हुने कलाकार जितु नेपालले बताए ।
जितुको शोको यो नयाँ सिजनमा अध्यक्ष प्रियङ्का कार्की रहनेछिन् । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहने शो निर्देशक दिनेश डिसी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश