के प्रेममा छिन् कविता ?
काठमाडौँ । कविता मानन्धर अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् । करिश्माको छोरी भएको कारणले बेलाबेलामा मिडियामा छाउने उनी फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा पनि डेब्यु गरेकी थिइन् । तर फिल्मको व्यवसाय भने राम्रो हुन सकेन ।
‘एउटा यस्तो प्रेम कहानी’ पछि पनि केही फिल्मको अफर उनलाई मिलेको थियो । तर उनी अभिनयमा भने देखिएकी छैनन् । अभिनय भन्दा कविताको रुचि व्यवसाय तर्फ छ । उनी आफ्नै कम्पनीको होम अप्लायन्सेसको व्यापारमा व्यस्त छिन् ।
अभिनयमा सक्रिय नभए पनि बेलाबेलामा चर्चाको केन्द्र बन्दै आएकी कविता यतिबेला फेरि चर्चामा छिन् । उनको चर्चाको कारण अभिनय, व्यवसाय भन्दा पनि व्यवसायी तथा मोडल प्रसन्न राईसँग उनको प्रेम बनेको छ । जसको खुलासा प्रसन्नले इन्स्टाग्राम मार्फत गरेका छन् । प्रसन्न केही सातायता कवितासँगका रोमान्टिक सेल्फी र स्टोरी पोस्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण