चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी
काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो ।
केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार काम भइरहेको बताए ।
उनले भन्नुभयो–‘दैनिक करिब १ लाख ५० हजार थान पुस्तक तयारी भइरहेको छ । त्यसले गर्दा आगामी शैक्षिक सत्रमा पुस्तक अभाव हुँदैन ।’ उनका अनुसार कक्षा ६ देखि १० को १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने दायित्वअनुसार हालसम्म ९५ लाख थान पाठ्यपुस्तक छपाइ सकिएको बताए ।
केन्द्रले दिएको जानकारीअनुसार ८८ लाख थान तयारी भइसकेको छ । ७ लाख थान तयारीको क्रममा रहेको जनाएको छ । यही आधारलाई विश्लेषण गर्दा वैशाखको पहिलो साता विद्यार्थी भर्नासँगै सबै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने प्रवक्ता आचार्यको भनाइ छ ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
-
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण