पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
सोमबार, १५ असार २०८३, १२ : ५६
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी विभाजन गरी नयाँ पार्टी बनाउन लागेको भन्ने आरोपको खण्डन गरेका छन् ।
- उनले पार्टी विभाजन नभई समाजवादी विचार समूह बनाउन आवश्यक रहेको र सही नीति, विचार, सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताए ।
- खनालले अहिलेको लोकतन्त्र पुँजीपतिले जनतालाई झुक्याउन ल्याएको भन्दै वामपन्थीहरूले समाजवादी लोकतन्त्र चाहेको स्पष्ट पारे ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ पार्टी बनाउन लागेको आरोपको खण्डन गरेका छन् । सोमबार काठमाडौँमा पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पार्टी फोडेर नयाँ पार्टी खोल्न लागिएको कुप्रचारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘बिहान मात्र झलनाथले अर्कै पार्टी खोल्दैछन् भनेर कुप्रचार गरेछन् । म ती साथीलाई भन्न चाहन्छु, झलनाथ कुनै गुट नबनाई बसेको मान्छे हो । पार्टी विभाजन होइन समाजवादी विचार समूह बनाउन आवश्यक छ । सही नीति, विचार, सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ’, उनले भने ।
अहिलेको लोकतन्त्र पुँजीपतिले जनतालाई झुक्याउन ल्याएको भन्दै खनालले वामपन्थीहरूले समाजवादी लोकतन्त्र चाहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण