करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
सोमबार, १५ असार २०८३, १२ : १२
सारांश
- धनकुटामा करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् ।
- पाख्रीबास नगरपालिका–१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
- को.१ ख ४६३५ नम्बरको मिनी ट्रकको ढालाभित्र २५ वटा पोकामा रहेको गाँजा फेला पारी चालक कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनकुटा । धनकुटामा करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलोग्राम गाँजासहित पाख्रीबास नगरपालिका–१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कुँवरलाई पक्राउ गरिएकाे हाे ।
ट्रकको ढालाभित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परीक्षणलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण