‘हेराफेरी ३’ मा जोडिए अक्षयकुमार !
बुधबार, १० फागुन २०७९, ११ : ३६
मुम्बई । फ्यानहरु माझ प्रतिक्षित फिल्म हो ‘हेराफेरी ३’ । केही अगाडि ‘हेराफेरी’ को दुई सिक्वेलमा रहेका अभिनेता अक्षयकुमार ‘हेराफेरी ३’ मा नरहने भनिएको थियो । उक्त समय फिल्म मेकर फिरोज नाडियाडवालासँग सम्बन्ध बिग्रिएको चर्चा थियो ।
अहिले भने उनी फिल्ममा जोडिएको समाचार बाहिर आएको छ । फिल्ममा फेरि एकपटक अक्षय कुमार, परेश रावल र सुनिल शेट्टीको अभिनय एकसाथ देख्न पाइनेछ । रिपोर्टका अनुसार फिल्म ‘हेराफेरी ३’ को सुटिङ सुरु भैसकेको छ । यो सिक्वेल निर्देशन फरहाद सामजीले गर्ने बताइन्छ ।
केही महिनाअघि अक्षयले एक अन्तर्वार्तामा आफूलाई फिल्मको स्क्रिप्ट मन नपरेको बताएका थिए । यति हुँदाहुँदै पनि फ्यानहरूले उनलाई ‘हेराफेरी ३’ साइन गर्न बारम्बार दवाब आएको थियो । फिल्ममा अक्षयकुमार जोडिएको बिषयमा आधिकारिक घोषणा भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण