शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ग्वार्कोबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ

बुधबार, १० फागुन २०७९, १२ : ५३
बुधबार, १० फागुन २०७९

काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको गरुडा नगरपालिका ९ का शिवकुमार यादवलाई पक्राउ गरेको हो । यादवमाथि सोही ठाउँ बस्ने छविलाल साहको हत्या गरेको आरोप लागेको छ ।

शाहलाई यादव लगायतका व्यक्तिहरुले गत असोज २६ गते गरुडा–९ सिसवास्थित सार्वजनिक सडकमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका शाहको उपचारका क्रममा नारायणी बयोधा शिक्षण अस्पतालमा उपचारका क्रममा कातिक १८ गते मृत्यु भएको थियो ।

मंगलबार ललितपुरको ग्वार्कोबाट पक्राउ परेका यादवलाई कानुनी कारवाहीका लागि रौतहटस्थित इलाका प्रहरुी कार्यालय गरुडा पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप