ग्वार्कोबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ
बुधबार, १० फागुन २०७९, १२ : ५३
काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको गरुडा नगरपालिका ९ का शिवकुमार यादवलाई पक्राउ गरेको हो । यादवमाथि सोही ठाउँ बस्ने छविलाल साहको हत्या गरेको आरोप लागेको छ ।
शाहलाई यादव लगायतका व्यक्तिहरुले गत असोज २६ गते गरुडा–९ सिसवास्थित सार्वजनिक सडकमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका शाहको उपचारका क्रममा नारायणी बयोधा शिक्षण अस्पतालमा उपचारका क्रममा कातिक १८ गते मृत्यु भएको थियो ।
मंगलबार ललितपुरको ग्वार्कोबाट पक्राउ परेका यादवलाई कानुनी कारवाहीका लागि रौतहटस्थित इलाका प्रहरुी कार्यालय गरुडा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण