राष्ट्रपतिको प्रस्ताव आए स्वीकार्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घट्नाक्रमबारे सचिवालय सदस्यहरुलाई ब्रिफिङ गरेका हुन् ।
ब्रिफिङका क्रममा अध्यक्ष नेपालले ओली र आफूबीच चार घण्टा कुराकानी भएपनि ओलीले राष्ट्रपतिबारे उच्चारण नै नगरेको बैठकमा बताएको सम्मानित नेता झलनाथ खनालले बताए ।
‘ओलीसँगको भेटमा अध्यक्ष माधव नेपालले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको भनेर केहीपनि भन्नुभएन’, नेता खनालले भने, ‘उहाँहरुबीच चार घण्टा कुराकानी भएको बताउनुभयो त्यसक्रममा पार्टी मिलाएर जाऊ भन्ने ओलीको भनाइ थियो रे १ तर राष्ट्रपतिको केही कुरै गरेनन् रे ।’
त्यसक्रममा नेता नेपाललाई एकीकृत समाजवादीका नेताले राष्ट्रपतिमा ओलीले प्रस्ताव गरेका समाचारहरू आइरहेका बारे जानकारी माग गरेका थिए । त्यसको जवाफ दिँदै नेता नेपालले अहिलेसम्म राष्ट्रपतिका लागि ओलीले कुरै नगरेको बरु पार्टी मिलाउनतिर जोड दिएको बताएका थिए ।
बैठकमा राष्ट्रपतिबारे पुन प्रस्ताव आउन सक्ने र त्यसबेला के गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।
‘अहिलेसम्म प्रस्ताव आएको भन्ने त प्रश्नै भएन । तर त्यस्तो खालको परिस्थिति आयो भने सक्रिय भएर लाग्ने र हाम्रो पार्टीले लिने भन्ने निर्णय भयो’, नेता खनालको भनाइ छ । नेता खनालका अनुसार यदि प्रस्ताव आएमा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा पुन छलफल गर्ने निर्णय भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण