शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा हाम्रो दाबी छ : सांसद प्रकाश ज्वाला

बुधबार, १० फागुन २०७९, १८ : २१
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । 

बुधवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताएका हुन् ।   

उनले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताए । उनले नेपालले संविधान निर्माणमा खेलेको भूमिका, देशको निम्ति गरेको योगदानका कारण उहाँको चर्चा हुनु स्वाभाविक भएको बताए ।  

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरू भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप