देउवालाई राष्ट्रपति बनाउने प्रस्तावमा विश्वप्रकाशको असहमति
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउबालाई राष्ट्रपति बनाउन नहुने तर्क गरेका छन् । राष्ट्रपतिको निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला बुधवार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले दलीय हिसाबले सभापतिलाई राष्ट्रपति बनाउने बिषय उपयुक्त भएपनि कार्यकारी भइसकेका ब्यक्तिलाई राष्ट्रपति बनाउन नहुने र्तक अघि सारेका हुन् ।
‘सभापतिलाई राष्ट्रपति बनाएर वरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक दलीय दृष्टिले मेरो प्रस्ताव उचित’ महामन्त्री शर्माले भनेका छन, ‘तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त साथीहरूको यो विश्लेषण बढी परिपक्व छ ।’
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिका लागि सभापति देउवा स्वयं वा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलामध्ये एकजनाको निर्णय गरेर आउन आग्रह गरिरहेको बेला शर्माको यो भनाई आएको हो ।
देउवाले वरिष्ठ नेता रामचन्द्र पौडललाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहेको बेला प्रचण्डले कांग्रेसले देउवा वा सिटौलाका नाम प्रस्ताव गरेर आउन सभापति देउवालाई सुझाव दिएपछि उनी थप अप्ठयारोमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण