बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुस युक्रेन युद्धको विरोध गर्दै प्रदर्शन

शुक्रबार, १२ फागुन २०७९, १३ : ५०
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले रुस युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्दै प्रदर्शन गरेको छ । समाजले रुस–युक्रेन युद्ध सुरु भएको एक वर्ष पुगेको दिन त्यसको विरोध गर्दै शुक्रबार देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको हो । सो विध्वंशकारी युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने नारासहित समाजले महोत्तरी, रुपन्देही, अछाम, चितवन, नवलपुर, इलाम, संखुवासभा लगायत एक दर्जन भन्दा बढी जिल्लामा प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनमा सहभागीहरुले ‘रुस: युद्ध तत्काल रोक, रुस: शान्ति प्रवर्द्धन गर, युक्रेनमाथिको आक्रमण तत्काल बन्द गर’ लगायतका शान्तिका पक्षमा प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए । बुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले यो युद्ध समाप्तिका लागि संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप