काठमाडौँमा एकैदिन दुईजना मृत फेला
काठमाडौँ । काठमाडौँमा एकैदिन दुईजना मृत फेला परेका छन् । काठमाडौँको शंखरापुर र बुढानीलकण्ठमा एक पुरुष र महिला मृत अवस्थामा फेला परेका हुन् । शंखरापुर नगरपालिका–६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका(५ बस्ने ५५ वर्षीय पुण्यप्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्ता बुढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने इलाम घर भएकी ३६ वर्षीया सरु अर्याल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरे बस्ने ७० वर्षीय मानबहादुर बस्नेत आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बस्नेतको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी रौतहटको गौर नगरपालिका२ स्थित सुदर्शन आँखा अस्पताल नजिक भारत घर भएका ६० वर्षीय श्याम बहादुर यादव शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका(१ देउराली बस्ने बुद्धिराम सोमैको घरमा अर्घाखाँची ढाकावाङ घर बताउने मागी खाँदै हिँड्ने ८० वर्षीय कृष्ण खनाल शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण