परराष्ट्र नीति समयानुकूल बनाइने छ : मन्त्री पौड्याल
शुक्रबार, १२ फागुन २०७९, १९ : २४

काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल परराष्ट्र नीति सञ्चालनमा असंलग्नताको सिद्धान्तप्रति दृढ रहेको बताएकी छन्।
नीति अनुसन्धान परिषद्ले आज काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र नीति २०७७ सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उनले नेपालको परराष्ट्र नीतिलाई समय सापेक्ष बनाएर प्रकाशन गरिने बत्ताइन ।
नेपालले लिने परराष्ट्रनीतिकै आधारमा विश्वमा कूटनीतिक सम्बन्ध विस्तार हुनेमा जोड दिँदै परराष्ट्र मन्त्री पौड्यालले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन।
कोभिड १९ को महामारीका कारण स्थगित भएको सगरमाथा संवादलाई विश्व संवाद मञ्चको रूपमा विकास गर्ने गरी गृहकार्य भइरहेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का