मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अब वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

शनिबार, १३ फागुन २०७९, ०६ : ४६
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनको भनाइ छ । 

‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले  आफ्नै लयमा अघि बढ्नु पर्छ।’

उनले उत्साह र आशा दुबै नभएकाले एमाले निराश हुनु पर्ने कारण नरहेको पनि बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप