फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अनुबन्धित
काठमाडौँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच अभिनय बिषयमा शुक्रबार सहमति भएको हो । निशा अभिनित पछिल्लो फिल्म ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । अधिकारीले हालै मात्र फिल्म ‘आँखा’को छायांकन सकाएकी छन् ।
टेक पौरखी राईको निर्देशनमा बन्ने फिल्ममा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् ।
फागुन २५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा रहने फिल्ममा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमालाई आगामी तिजमा रिलिज योजना निर्माण टिमको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्माता राज के अधिकारी र सुरज सरकार हुन्। अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलियाका सञ्चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण