बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

षडयन्त्रको राजनीति अस्थायी हुन्छ : कानुनमन्त्री लेखी

शनिबार, १३ फागुन २०७९, २२ : ५५
शनिबार, १३ फागुन २०७९

जनकपुरधाम । मधेस प्रदेशका कानुन न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले षडयन्त्र र चलाखीपूर्ण ढंगले गर्ने राजनीति अस्थायी हुने बताएका छन् । शनिबार अखिल नेपाल महिला संघको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् ।

मन्त्री लेखीले समाजलाई मार्गदर्शन गर्ने र बदल्ने हिसाबको राजनीतिक गर्नुपर्नेमा जोड दिए। उनले दल र तिनका नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति आम जनतामा विश्वास हराउँदै गएको बताउँदै एमालेले मुलुकलाई बिर्सेर आफ्नो मात्र लाभ हेर्नेहरूको देखासिखी नगर्ने बताए । उनले एमाले केही प्राप्तिका लागि मरिहत्ते गर्ने र बाँडीचुँडी खाने पार्टी नभएको पनि बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप