शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

आइतबार, १४ फागुन २०७९, ०६ : ०४
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश एक र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप