छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद बिक्री गर्ने
आइतबार, १४ फागुन २०७९, ११ : २६
काठमाडौँ । छ्याङ्दी हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुर्ला १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ः१.५ अनुपातको दरमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।
यसअघि, कम्पनीको ९२औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । यो निर्णय रद्द गर्दै चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको हो ।
छ्याङ्दी हाइड्रोपावरले लमजङुमा दुईवटा जलविद्युत आयोजना सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले २ मेगावाट क्षमताको छ्याङ्दी खोला हाइड्रोपावर र माथिल्लो छ्याङ्दी खोला आयोजनाबाट ४ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण