अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

अमेरिका । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए) ले आज जनाएको छ ।
दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एकजना बिरामी र निजको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन । निरन्तरको हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीविहीन थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म