विप्लव नेतृत्वको नेकपाद्वारा दोलखामा विरोध प्रदर्शन
सोमबार, १५ फागुन २०७९, १६ : ४९
दोलखा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दोलखाको सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । सोमबार दिउँसो सो पार्टीले सदरमुकाम चरिकोटमा चरम महंगी, बैंक, सहकारी लघुवित्तको चर्को ब्याज र मिटरब्याजीको ज्याद्दती भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा नेकपाका जिल्ला इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजकुमार लामिछाने, जिल्ला संयोजक राजन धनुके, जिल्ला सदस्य सिताराम उप्रेती लगायत का कार्यकर्ताको सहभागिता रहेको थियो । प्रदर्शनपछि आयोजित कोणसभामा नेताहरुले बैंक, सहकारी लघुवित्तको चर्को ब्याज र मिटरब्याजीको ज्याद्दतीको चर्को विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण