रसुवागढी नाकाबाट हुन थाल्यो आयात
काठमाडौँ । चीनतर्फको व्यापारिक नाका रसुवागढीबाट आयात सुरु भएको छ । सोमबारदेखि रसुवागढी नाकाबाट आयात सुरु भएको नाका प्रमुख नारायण भण्डारीले जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै विगत १० दिनदेखि आयात रोकिएको र हिजो सोमबारदेखि आयात सुरु भएको जानकारी दिए । खासगरी, चीनले चिनियाँ नयाँ वर्ष र लोसारका कारण विगत लामो समयदेखि नाकाबाट निर्यात र आयात रोकेको थियो ।
‘करिब डेढ महिनादेखि आयात भइरहेको थिएन,’ भण्डारीले भने, ‘यसमा पनि १० दिन अघि सामान नेपाल भित्रिएको थियो । हिजोदेखि भने आयात पुनः सुरु भएको छ ।’ हिजो सोमबार ३ वटा कन्टेनरमा सामान आयात भएको नाका प्रमुख भण्डारीले बताए ।
चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा रसुवागढीबाट १५ अर्ब ५५ करोड ४६ लाख रुपैयाँको आयात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट उक्त नाकाबाट १० करोड १७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण