भक्तपुरका अधिकांश व्यवसाय दर्ता एवं नवीकरण विना अवैध सञ्चालन
भक्तपुर । भक्तपुर नगरपालिकाको सल्लघारीदेखि सूर्यविनायक घलाँतेसम्मका अधिकांश पसल एवं व्यवसाय वर्षौंदेखि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ ।
भक्तपुर नगरपालिका अनुगमन समितिले मंगलबार ३५ पसल तथा व्यवसायमा गरेको बजार अनुगमनका क्रममा सल्लाघारी, चुनदेवी र घलाँतेसम्मका ३५ वटा पसलमध्ये अधिकांश पसल दर्ता विना नै सञ्चालन गरेको पाइएको अनुगमन समितिका संंयोजक राजकृष्ण गोराले जानकारी दिए ।
अनुगमनमा मोतिलाल दुगडको दुगड वर्ड्स एण्ड सन्स् प्रालि, ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज), सोलु खाजा घर, सूर्य गणेश इन्टरप्राइजेज, धमाका सेल, भक्तपुर ग्लास हाउस, एबिआर हार्डवेयर, शङ्कर इञ्जिनियरिङ आइरन वर्कशप, मारुती नन्दन सप्लायर्स, विविध सप्लायर्स दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको हो ।
राम भोले ड्राईभिङ स्कूल प्रालि, न्यू सागर मोटर साइकल वर्कसप, स्पेशल चिया खाजा पसल, वि।ए।निर्माण सामग्री सप्लायर्स, नारायणी भोजनालय, हिँडेन बाइक केयर सेन्टर मोटरसाइकल वर्कसप, फ्रेण्ड्स रिकण्डिसन हब, मुक्तिनाथ कार हाउस प्रालि, द व्हील्स प्रालि, एसडिआर टेक्नो एण्ड ट्रेड प्रालि पनि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ ।
अनुगमनमा दोलखा भीमसेन सुन चाँदी पसल, फ्रेण्ड्स बाइकर्स, दास अटो लिंक, प्रखर इन्टरप्राइजेज, स्टाण्डर खाजा घर, जैसवाल बाथ एण्ड सेनेटरी वयर पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको संयोजक गोराले जानकारी दिए ।
विगत १० वर्षदेखि विना दर्ता अवैधरूपमा सञ्चालन भएका पसल एवं व्यवसाय र सात वर्षदेखि नवीकरण नगरेका व्यवसायलाई तीन दिनभित्र नगरपालिकामा आएर दर्ता गर्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण