विराटनगरमा नेट र केबलको तार व्यवस्थापन हुँदै
विराटनगर । विराटनगरको सौन्दर्यीकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केबल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरपालिकाको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो ।
महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो । यसका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो ।
विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । ‘हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘सरसफाई, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौं ।’
म्याक्स, सुविसु, वर्ल्डलिंक, भायोनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर नागेश कोइरालाले बताउँदै आएका छन् । महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई मेयर कोइरालाले आग्रहसमेत गरे । महानगरले उज्यालो महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सडकबत्ती जडानसमेत धमाधम भइरहेको छ । आन्तरिक आयलाई बलियो बनाउन महानगरले कर संकलनलाई पनि तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण