मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनका लागि एकीकृत समाजवादीद्वारा विभिन्न समिति गठन

बिहीबार, १८ फागुन २०७९, १९ : ३१
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । आसन्न स्ववियु निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विभिन्न समितिहरू गठन गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विद्यालयमा आगामी चैत ३, ५ र ८ गते निर्वाचन हुँदैछ ।

पार्टीले स्ववियु निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समितिहरू गठन गरेको जनाएको छ । यसमा पार्टीले घनश्याम भुसाल संयोजक रहेको ११ सदस्यीय स्ववियु निर्वाचन संयोजन तथा वार्ता समिति गरेको छ । यसको सदस्यहरूमा  प्रकाश ज्वाला, डा. गंगालाल तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम रहेका छन् ।

पार्टीले रामकुमार भट्टराई संयोजक रहेको ६३ सदस्यीय परिचालन समिति पनि गठन गरेको छ । त्यस्तै, पीताम्बर तिमिल्सिनाको संयोजकत्वमा १ हजार १ सय सदस्य रहेको स्वयंसेवक परिचालन समिति पनि गठन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

Press Note 2079-11-18_page-0001Press Note 2079-11-18_page-0002Press Note 2079-11-18_page-0003

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप