स्ववियु निर्वाचनका लागि एकीकृत समाजवादीद्वारा विभिन्न समिति गठन
काठमाडौँ । आसन्न स्ववियु निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विभिन्न समितिहरू गठन गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विद्यालयमा आगामी चैत ३, ५ र ८ गते निर्वाचन हुँदैछ ।
पार्टीले स्ववियु निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समितिहरू गठन गरेको जनाएको छ । यसमा पार्टीले घनश्याम भुसाल संयोजक रहेको ११ सदस्यीय स्ववियु निर्वाचन संयोजन तथा वार्ता समिति गरेको छ । यसको सदस्यहरूमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम रहेका छन् ।
पार्टीले रामकुमार भट्टराई संयोजक रहेको ६३ सदस्यीय परिचालन समिति पनि गठन गरेको छ । त्यस्तै, पीताम्बर तिमिल्सिनाको संयोजकत्वमा १ हजार १ सय सदस्य रहेको स्वयंसेवक परिचालन समिति पनि गठन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण