भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व प्रधानमन्त्री रजाकले पाए सफाइ
शुक्रबार, १९ फागुन २०७९, १४ : ५३
क्वालालम्पुर । मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ ।
राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलान बताए ।
भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो ।
परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उनलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ ।
उनलाई तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ । हाल अरुलले पनि सफाई पाएका छन् । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण