चितुवालाई बोकेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ
पोखरा । चितुवा बोकेर हिँडेको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भनिरहेको छ । उक्त तस्बिर पर्वतमा लिइएको बताइन्छ ।
मानिसले बोक्दा पनि केही नगर्ने चितुवा भनेर धेरैले उक्त तस्बिरलाई अनौठो मानेका छन् । तर वास्तविकता भने बेग्लै पाइएको छ ।
चितुवा बोकिरहेका व्यक्ति सर्वसाधारण नभएर वनका कर्मचारी हुन् । फलेबास नगरपालिका वडा नम्बर २ गहतेमा उक्त चितुवा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर तथा प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार उक्त चितुवा मरेको अवस्थामा फेला परेको थियो । मरेको चितुवालाई वनका कर्मचारीले बोकेको अवस्थामा लिइएको फोटो भाइरल बनेको हो ।
‘फोटोमा देखिएको चितुवा मरेको हो । मरेको चितुवालाई वनका मान्छेले लिएको फोटो हो,’ इन्स्पेक्टर अधिकारीले भने, ‘त्यो चितुवा बिरामी रहेछ, बिरामी चितुवाको आक्रमणबाट एक महिला पनि घाइते हुनुभएको रहेछ, पछि त्यो चितुवा मरेको भेटियो । जिउँदो चितुवा भनेर प्रचार भए पनि त्यो मरेको चितुवा हो ।’
पर्वत डिभिजन वन कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार ११ बजे वन कार्यालयलाई खबर आएको हो । उनले भने, ‘कार्यालयमा खबर आएसँगै ४ जना साथीहरु घटनास्थलमा पुग्नुभएको थियो । जंगलको बिचमा चितुवा मरेको भेटियो । हामीले मुचुल्का गरेर आजै गाड्ने काम भएको छ ।’
वन कार्यालयका अनुसार चितुवा बुढो र बिरामी थियो । बिरामी भएकै कारण उक्त चितुवा मरेको हुन सक्ने वनका अधिकारीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण