आयुर्वेद क्याम्पसका इन्टर्नसिप डाक्टरहरू १८ दिनदेखि आन्दोलनमा
काठमाडौँ । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरका विएएमएस तहका इन्टर्नसिप डाक्टरहरू एकसूत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनमा रहेका छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएका अस्पतालमा निर्धारित समयसम्मै इन्टर्न गर्न पाउनुपर्ने माग राखी आन्दोलित भएका हुन् ।
धर्नाले मात्रै आफूहरूको माग सुनुवाइ नभएको भन्दै उनीहरूले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
आन्दोलनको नेतृत्व गरिरहेका विएएमएस इन्टर्न डा. सुनिल भुसालले आफूहरूलाई महिनामा एक जान पनि बिरामी नआउने अस्पतालमा इन्टर्नका लागि पठाइएकाले आन्दोलनमा उत्रिनु परेको बताए । चिकित्सा विज्ञान प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम मापदण्डको ५० प्रतिशत पनि पुरा नभएको क्याम्पसमा आफूहरूलाई इन्टर्नमा पठाइँदा उत्पादित जनशक्तिको गुणस्तरमा समेत प्रश्न उठ्ने अवस्था आएको उनले बताए ।
‘हामीलाई प्रदान गरिएको सेलेबसअनुसार छ महिनाको इन्टर्नसीप नरदेवीमा र छ महिनाको इन्टर्नसीप आयुर्वेद शिक्षण अस्पतालमा भनिएको थियो । सोहीअनुसार हामीले पाउनु पर्छ भनेर माग गरेका थियौँ । तर, हामीलाई सेलेबसमा उल्लेख गरिएअनुसार इन्टर्नमा पठाइएन । हामीले किन सेलेबसको अनुसार भएन भनेर प्रश्न गर्यौँ । कहीँबाट पनि उत्तर पाएनौँ । हामी तालाबन्दी र धर्नामा छौँ । हाम्रो माग कतैबाट पनि सुनिएन,’ भुसालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण