शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा

शनिबार, २० फागुन २०७९, १२ : ३२
शनिबार, २० फागुन २०७९

काठमाडौँ । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा  समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकमा युवराज आफैं रहेका छन् । मोर्चाले नौं सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् । 

मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिएका छन् । साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाई समेत मोर्चामा समावेश गरिने उनको भनाई छ ।  ‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठक लगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’–मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप