अराजक र एकलौटी तवरले संगठन चलाउन दिँदैनौं : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अराजक र एकलौटी तवरले पार्टीका भ्रातृ संगठनहरुलाई चलाउन नदिने बताएका छन्। आइतबार नेपाल विद्यार्थी संघ संस्थापन पक्षबाट घाइते बनाइएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले उक्त कुरा बताएका हुन्।
स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका रिमालको स्वास्थ्य लाभको कामना गर्दै कोइरालाले भने, ‘आफ्नै संगठन भित्र मारपिट हुनु दुःखद कुरा हो। संगठनभित्र अराजकता बढ्यो। मारपिटका दोषी जो भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ। गुण्डागर्दी गर्ने छुट कसैलाई छैन। पार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नैपर्छ।’
कोइरालाले आफू निकट विद्यार्थी नेताहरुलाई रत्तिभर पनि निराश नहुन र उच्च मनोबलका साथ स्ववियुको तयारीमा लाग्न निर्देशन दिए। उनले भने, ‘पार्टीमा सिरियस कुरा हुन्छ, अराजकता र एकलौटी तवरले संगठनलाई चलाउन दिइँदैन।’ नेविसंघका दुई समूहबीच झडप हुँदै पूर्व कोषाध्यक्ष रिमाल र नेविसंघका नेता हरि आचार्य घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण