पाँच एआईजी पदमा बढुवाको तयारी
काठमाडौँ । सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको हो । गत मङ्सिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको हो ।
हाल राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता कायम रहेका कारण गृह मन्त्रालयले बढुवाका लागि निर्वाचन आयोगमा अनुमतिका लागि पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त एआईजीको पदमा बढुवाका लागि कारणसहित खुलाएर आयोगमा पत्र आएको जानकारी दिए । ‘एआईजी रिक्त रहेको र बढुवा नगर्दा डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यतासहितको कारण खुलाएरै आयोगमा बढुवा अनुमतिका लागि पत्र आएको छ, आयोगले हेर्दै छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण