बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

पाँच एआईजी पदमा बढुवाको तयारी

सोमबार, २२ फागुन २०७९, ०५ : ३८
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको हो । गत मङ्सिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको हो ।

हाल राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता कायम रहेका कारण गृह मन्त्रालयले बढुवाका लागि निर्वाचन आयोगमा अनुमतिका लागि पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त एआईजीको पदमा बढुवाका लागि कारणसहित खुलाएर आयोगमा पत्र आएको जानकारी दिए । ‘एआईजी रिक्त रहेको र बढुवा नगर्दा डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यतासहितको कारण खुलाएरै आयोगमा बढुवा अनुमतिका लागि पत्र आएको छ, आयोगले हेर्दै छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप