शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

सोमबार, २२ फागुन २०७९, १७ : २२
सोमबार, २२ फागुन २०७९

काराकस । भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको निधनको १० औं स्मृति दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन बोलिभियाका राष्ट्रपति लुइस आर्स र निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा आइतबार भेनेजुएला आइपुगेका छन् । 

डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जली अर्पण गर्ने  कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी छन् । 

उनले  चाभेजको बारेमा बोल्दै भने,“महान् मातृभूमि (ल्याटिन अमेरिकाको) चाभेजको विरासत मध्ये एक रहेका छन् । आफ्नो समयमा प्रस्ताव गरेका धेरै चीजहरू, जस्तै बैंक अफ द साउथ महत्त्वपूर्ण छन् ।”

यसैबीच ओर्टेगाले थुप्रै ल्याटिन अमेरिकी देशहरूविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्ध र नाकाबन्दीको निन्दा पनि गरे । 

सन् २०१३ मार्च ५ मा निधन भएका चाभेजको सम्झनामा हजारौं भेनेजुएलावासीहरूले आइतबार  घर बाहिर निस्किएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । (रासस–सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप