डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
सोमबार, २२ फागुन २०७९, १८ : १५
डोटी । डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।
प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण