च्याटजीपीटीले सुरु गर्यो एपीआई, अन्य प्लाटफर्ममा पनि प्रयोग गर्न सकिने
मङ्गलबार, २३ फागुन २०७९, १५ : १३
काठमाडौँ । च्याटजीपीटीको जहाँत्यहीँ चर्चा हुँदैछ । यस च्याटबटलाई ‘ओपन एआई’ ले निर्माण गरेको हो । डिसेम्बरको तथ्यांकअनुसार यस प्ल्याटफर्ममा मासिक सक्रिय सदस्यको सङ्ख्या १० करोड पार भएको छ ।
फेब्रुअरीमा च्याटजीपीटीको ‘मनिटाइजेसन’ (पैसा कमाउन) का लागि पहिलो कदम उठाएको थियो । कम्पनीले यसको पैसा तिरेर प्रयोग गर्न सकिने भर्सन च्याटजीपीटी प्लस सार्वजनिक गरेको थियो । यसमा विशेष सुविधाहरू रहेका छन् ।
कम्पनीले अहिले एक कदम अगाडि बढेर यसको एपीआई लञ्च गरेको छ । यसको प्रयोग गरेर कुनै पनि व्यवसायले आफ्नो एप, वेबसाइट, उत्पादन र सेवामा च्याटजीपीटीको प्रविधिलाई प्रयोग गर्न सक्नेछन् । एपीआईमार्फत कुनै पनि प्रयोगकर्ताले च्याटजीपीटीको प्रविधि जोड्न सक्छन् । ओपन एआईका अध्यक्ष ग्रेग ब्रोकम्यानले यसको एपीआई तयार गर्ने आफूहरूको सुरुदेखिको योजना रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण