मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

च्याटजीपीटीले सुरु गर्‍यो एपीआई, अन्य प्लाटफर्ममा पनि प्रयोग गर्न सकिने

मङ्गलबार, २३ फागुन २०७९, १५ : १३
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । च्याटजीपीटीको जहाँत्यहीँ चर्चा हुँदैछ । यस च्याटबटलाई ‘ओपन एआई’ ले निर्माण गरेको हो । डिसेम्बरको तथ्यांकअनुसार यस प्ल्याटफर्ममा मासिक सक्रिय सदस्यको सङ्ख्या १० करोड पार भएको छ ।

फेब्रुअरीमा च्याटजीपीटीको ‘मनिटाइजेसन’ (पैसा कमाउन) का लागि पहिलो कदम उठाएको थियो । कम्पनीले यसको पैसा तिरेर प्रयोग गर्न सकिने भर्सन च्याटजीपीटी प्लस सार्वजनिक गरेको थियो । यसमा विशेष सुविधाहरू रहेका छन् ।

कम्पनीले अहिले एक कदम अगाडि बढेर यसको एपीआई लञ्च गरेको छ । यसको प्रयोग गरेर कुनै पनि व्यवसायले आफ्नो एप, वेबसाइट, उत्पादन र सेवामा च्याटजीपीटीको प्रविधिलाई प्रयोग गर्न सक्नेछन् । एपीआईमार्फत कुनै पनि प्रयोगकर्ताले च्याटजीपीटीको प्रविधि जोड्न सक्छन् । ओपन एआईका अध्यक्ष ग्रेग ब्रोकम्यानले यसको एपीआई तयार गर्ने आफूहरूको सुरुदेखिको योजना रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप