एकैदिन प्रतितोला १ हजारले घट्यो सुनको मूल्य
बुधबार, २४ फागुन २०७९, १० : ४४
काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण