टीभी फिल्मी भयो नारी टीभी
काठमाडौँ । विगत १४ वर्षदेखि फिल्मी सम्बन्धी विभिन्न सामाग्री प्रसार गर्दै आएको टीभी फिल्मी अब ‘नारी टीभी’का रुपमा अगाडि आउने भएको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘टीभी फिल्मी’ की अध्यक्ष नीकिता पौडेलले सामाजिक सञ्जाल मार्फत टीभी फिल्मी अब ‘नारी टीभी’को रुपमा आउने घोषणा गरेकी हुन् ।
‘हिजो हामीले नेपाली फिल्मको सेवा गर्यौ । अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं’ नीकिताले भनिन् ‘‘टीभी फिल्मी’ अब छिट्टै ‘नारी टिभी’ बनेर आउनेछ ।’ नारी दिवसका दिनमा टीभी फिल्मी ‘नारी टीभी’ भएको घोषणा गर्न पाउँदा आफूलाई हर्ष र गर्व समेत लागेको उनले भनाइछ । उनले देशका आमा दिदीबहिनी छोरीहरुमा समर्पित एउटा सम्पूर्ण नारी च्यानलका रुपमा चाडै नै नेपाली आकाशमा छाउने समेत बताएकी छन् ।
यस्तो छ नीकिताको पोष्ट
टीभी फिल्मी मार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौ । परिस्थिति फेरिँदै जाँदा करिब २ वर्ष जति सिनेमाहरु नै चलेनन् । त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो । कुनै समय थियो जति बेला ‘टीभी फिल्मी’ नेपाली सिनेमा, कलाकार, प्राविधिक, वितरकहरूको एकमात्र साझा मञ्च थियो । आज परिस्थिति बदलिएको छ । अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक सञ्जालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ । हिजो केही, कोही नहुँदा हामीले सक्दो गर्यौँ । यो सुनौलो यात्रामा हामीलाई सघाउनु हुने कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सिने पत्रकारहरु लगायत सम्पूर्ण सिने जगतमा हार्दिक धन्यवाद टक्राउन चाहन्छु ।
अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं । ‘टीभी फिल्मी’ अब छिट्टै ‘नारी टीभी’ बनेर आउनेछ । आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ । यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिनेछ । नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन् । महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरूलाई सबल सक्षम बनाउने र सबल सक्षम छिरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रसारण गरिनेछन् । यी कार्यहरूमा पुरुषहरुले सघाउनु पर्नेछ, साथ र हात दिनुपर्नेछ । देशका आमा दिदीबहिनी छोरीहरुमा समर्पित एउटा सम्पूर्ण नारी च्यानलका रुपमा हामी चाडै नै नेपाली आकाशमा छाउने छौं । हामी चाडै आउनेछौं । अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण