हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात
बुधबार, २४ फागुन २०७९, १९ : ४१
मुस्ताङ । यस वर्षको हिउँदेयाम सकिनै लाग्दा मुस्ताङ पहिलो हिमपात भएको छ । गएरातिदेखि सुरु भएको सामान्य वर्षापछि बढेको चिसोको कारण हिमपात सुरु भएको हो ।
हिमपात भएपछि स्थानीय खुसी भएका छन् । हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका छन् ।
जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ ।
तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले बोलाएको बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
-
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
-
रास्वपा कञ्चनपुरमा विष्ट
-
रौतहटमा ‘हिट एन्ड रन’ : साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण