रौतहटमा होली मनाउने क्रममा झडप, एक युवकको मृत्यु
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा होली मनाउने क्रममा भएको झडपमा परेर १ जनाको मृत्यु भएको छ । बुधबार होली मनाउने क्रममा भएको झडपमा गम्भीर घाइते भएका २० वर्षीय नरेश महतोको मृत्यु भएको हो । मृतक महतो मौलापूर ६ पथराका स्थानीय हुन् ।
होली मनाउने क्रममा स्थानीय नरेश महतो पक्ष र सञ्जय महतो पक्षबीच झडप भएको थियो। साे झडपका क्रममा नरेशको पेटमा गम्भीर चोट लागेको थियो ।
स्थानीय अस्पतालमा उपचार गराइरहेका महतोलाई थप उपचारका लागि बिहीबार बिहान एम्बुलेन्सबाट वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलपुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले बताए । महतोको मृत्युपछि सञ्जय महतोसहित घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपि छेदीलाल कामतीले जानकारी दिए ।
मृतक महतोको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण