रौतहटमा होली मनाउने क्रममा झडप, एक युवकको मृत्यु

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा होली मनाउने क्रममा भएको झडपमा परेर १ जनाको मृत्यु भएको छ । बुधबार होली मनाउने क्रममा भएको झडपमा गम्भीर घाइते भएका २० वर्षीय नरेश महतोको मृत्यु भएको हो । मृतक महतो मौलापूर ६ पथराका स्थानीय हुन् ।
होली मनाउने क्रममा स्थानीय नरेश महतो पक्ष र सञ्जय महतो पक्षबीच झडप भएको थियो। साे झडपका क्रममा नरेशको पेटमा गम्भीर चोट लागेको थियो ।
स्थानीय अस्पतालमा उपचार गराइरहेका महतोलाई थप उपचारका लागि बिहीबार बिहान एम्बुलेन्सबाट वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलपुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले बताए । महतोको मृत्युपछि सञ्जय महतोसहित घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपि छेदीलाल कामतीले जानकारी दिए ।
मृतक महतोको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
-
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण
-
रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला