सुरक्षा र मानवले कसे लगनगाँठो
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार चितवनको सौराहको एक रिसोर्टमा उनीहरुले लगनगाँठो कसेका हुन् ।
विवाहमा दुबैपक्षका सीमित आफन्त, साथीभाइको सहभागिता रहेको छ । विवाहमा दुवै खुसी देखिएका छन् । विवाहको जानकारी पनि सुरक्षाले तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।
हिजो बुधबार मात्र उनीहरुले इन्गेजमेन्ट गरेका थिए । जसको जानकारी अभिनेत्री सुरक्षाले सामाजिक सञ्जाल मार्फत गराएकी थिइन् ।
करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई सुरक्षा र मावनले विवाहमा परिणत गरेका हुन् । मानव गायक तथा अभिनेता हुन् भने सुरक्षा इन्जिनियरिङको अध्ययन गरेर फिल्म अभिनयमा रमाइरहेकी छन् ।
‘सुस्केरा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’, ‘आमा’ फिल्म अभिनय गरेकी छन् । उनको अभिनय रहेको फिल्म ‘बहाव’ आगामी चैत २४ गते र ‘बुलाकी’ आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण