समाचार
रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय
बिहीबार, २५ फागुन २०७९, २३ : ५१
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जसपा केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले उम्मेदवार छानेको हो । जसपामा उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादव र दोस्रो नम्बरमा नवलकिशोर साहको नाम आएको थियो । तर अन्तिममा पार्टीले बैठकबाट यादवको नाममा सहमति जुटाएको हो । यादव उपराष्ट्रपति भएपछि सो स्थानमा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लडेर संसद पस्ने रणनीति भएको जसपाका नेताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण