आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

बिहीबार, २५ फागुन २०७९, २३ : ५१
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जसपा केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले उम्मेदवार छानेको हो । जसपामा उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादव र दोस्रो नम्बरमा नवलकिशोर साहको नाम आएको थियो । तर अन्तिममा पार्टीले बैठकबाट यादवको नाममा सहमति जुटाएको हो । यादव उपराष्ट्रपति भएपछि सो स्थानमा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लडेर संसद पस्ने रणनीति भएको जसपाका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप