सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर कलेज भलिबल प्रतियोगिता सुरु

बिहीबार, २५ फागुन २०७९, १८ : २२
बिहीबार, २५ फागुन २०७९

विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो ।
उद्घाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको छ । लेटाङ बहुमुखी क्याम्पसलाई १९–२५ र २२–२५ को सोझो सेटमा पराजित गर्दै इडनबर्ग सेमिफाइनमा प्रवेश गरेको हो ।

प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्धाटन नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले गरे । प्रतियोगिताको उद्घाटन गर्दै थापाले मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलले नेपालकै भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिने बताए ।

खेलकुद क्षेत्रमा सरकारहरुले गरेको लगानी अत्यन्त न्यून रहने गरेको बताउँदै उनले नेपाली खेलकुद, खेलाडी र खेलप्रेमीहरुको बलमा मात्र टिकेको बताए । खेलकुद क्षेत्रले देशलाई विश्वमा चिनाउन मद्दत गर्ने भएकाले खेल क्षेत्रको सुधारमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
पुष्पलालचौकको खेल मैदानमा फाल्गुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगरका अध्यक्ष गोपाल झाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप