नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ।
सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइनअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् । यसपछि बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ। कांग्रेसका नेताहरु कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेल पनि त्यहाँ पुग्न लागेको उनको सचियालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण