शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

७० वर्षपछि पुनः रेकर्ड भयो धर्मराज थापाको गीत ‘हरियो भन्नु’

शुक्रबार, २६ फागुन २०७९, १० : ५३
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । हरेक नेपालीको ढुकढुकी जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वर रहेको चर्चित गीत ‘हरियो भन्नु’लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ ।

मंगोलियन हर्टका लोकप्रिय गायक राजु लामाको स्वरमा आएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गर्दै फिमेल भोकल समेत राखिएको छ । गीतको फिमेल भर्सनका लागि मन्दिरा ढुङ्गेलले शब्द गरेकी छन् । गीतमा महिला स्वर भने तारा श्रीस मगरको छ ।

जनकवि केसरी धर्मराज थापा प्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको याद याद सबैमाझ फेरि ताजा पार्न गीतलाई फेरि रेकर्ड गरिएको गायक राजु लामाले बताए ।

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन छ । यो गीत पहिलो पटक बिसं २०१० सालमा कलकत्तामा रेकर्ड भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप