सडकमा स्कुले बालबालिकासँगै देखिए ओली, पोलेको मकै खाँदै रमाइलो (तस्बिरहरु)
शुक्रबार, २६ फागुन २०७९, २२ : ४२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार स्कुले बालबालिकासँगै देखिएका छन् । सो क्रममा सडकको फुटपाथमा पोलिएको मकै खाएको भन्दै ओलीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
पोलेको मकै खाँदा एकदमै मज्जा आएको ओलीले बताएका । ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ’ ओलीले लेखेका छन्, ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।’
तस्बिरमा ओलीले सडकको फुटपाथमा स्कुले बालबालिकासँगै पोलेको मकै खाइरहेको देखिन्छ । सो क्रममा केहीसँग सेल्फी पनि खिचाएका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
-
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
-
भौतिक अनुगमन मात्र होइन, औद्योगिक क्षेत्रमा नीतिगत हस्तक्षेप आवश्यक : क्षितिज थेबे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण