शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा स्कुले बालबालिकासँगै देखिए ओली, पोलेको मकै खाँदै रमाइलो (तस्बिरहरु)

शुक्रबार, २६ फागुन २०७९, २२ : ४२
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  शुक्रबार स्कुले बालबालिकासँगै देखिएका छन् । सो क्रममा सडकको फुटपाथमा पोलिएको मकै खाएको भन्दै ओलीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

पोलेको मकै खाँदा एकदमै मज्जा आएको ओलीले बताएका । ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ’ ओलीले लेखेका छन्, ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।’

तस्बिरमा ओलीले सडकको फुटपाथमा स्कुले बालबालिकासँगै पोलेको मकै खाइरहेको देखिन्छ  । सो क्रममा केहीसँग सेल्फी पनि खिचाएका थिए ।

kpkp1kp2kp3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप