सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुने
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणका लागि अडिसन हुने भएको छ । सोमबारदेखि अडिसन खुला हुने भएको हो ।
आयोजक संस्था द हिडेन ट्रेजरका अनुसार स्थानीय प्रतिस्पर्धीलाई समेत अन्तिम अडिसनमा समेट्नका लागि प्रदेशहरूमा समेत अडिसन गर्न लागिएको हो । जस अनुसार अन्तिम अडिसनमा ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुने छ ।
आयोजक द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाल प्रतियोगितालाई फराकिलो बनाउँदै सबै प्रदेशमा अडिसन गर्न लागिएको बताए । उनले भने,‘हामी कर्णालीका स्थानीय प्रतिस्पर्धीलाई समेट्ने उद्देश्यसहित कर्णालीमा आएका हौँ ।’
कार्यक्रमका लागि मिस नेपाल प्रियन्कारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का पनि वीरेन्द्रनगरमा आएका छन् । कार्यतालिका अनुसार आज आइतबार अडिसन अन्तर्गत ओरिएन्टेशन र भोलि सोमबार मुख्य अडिसन हुने छ ।
कर्णालीबाट एक दर्जन सहभागी मिस नेपालमा प्रतिस्पर्धामा जाने आयोजक संस्थाले अनुमान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण