शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया हुने

आइतबार, २८ फागुन २०७९, १२ : ४०
आइतबार, २८ फागुन २०७९

काठमाडौंँ । नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को कार्यक्रम अस्ट्रेलियामा पनि हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुन लागेको हो । 

शोका विजेता र निर्णायक समेत सहभागी कार्यक्रममा होस्ट र डिजेको समेत आकर्षक प्रस्तुति रहनेछ । कार्यक्रममा शोका पहिलो सिजनका विजेता भाइवर साइमनले फस्टरनरअप जेनिस क्षेत्रीसँगै कलाकारको नेतृत्व गर्नेछन् । 

मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा आयोजना हुने कार्यक्रममा मुख्य निर्णायक मानस घले रहनेछन् । घले नेपालका चर्चित र्यापर हुन् ।

अस्ट्रेलिया कार्यक्रमको आयोजना अस्ट्रेलिया नेपाली  सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट रहेको छ । कार्यक्रमका कार्यकारी निर्माता सुदिप पोखरेल र रोशन श्रेष्ठ पनि कार्यक्रमलाई लिएर निकै उत्साहित रहेको बत्ताउँछन् । कार्यक्रममा दर्शकको मनोरञ्जन विशेष ध्यान दिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप