सत्ता गठबन्धनको बैठक जारी
काठमाडौँ । सत्ता गठबन्धनमै उपराष्ट्रपतिका तीनजना उम्मेदवार भएपछि एउटै कायम गर्न दलहरुको बीचमा छलफल सुरु भएको छ । उपराष्ट्रपतिको विषयमा टुगों लगाउन गठबन्धनको बैठक सिंहदरवारमा बसिरहेको छ । सत्ता गठबन्धनबाट नै उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव, प्रमिला यादव र जनमत पार्टीका ममता झा उम्मेदवार भएका छन् । त्यसको विषयमा छिनोफानो गर्नका लागि गठबन्धनको बैठक बसिरहेको जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए ।
उनले भने, ‘गठबन्धनबाट उपराष्ट्रपतिका एकजना मात्र उम्मेदवार रहनेछ, त्यसका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।’ सत्ता गठबन्धनको उम्मेदवार रामसहाय यादव हुन् । प्रमिला यादव र ममता झाले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने उनले दावी गरे ।
तर जनमत पार्टीका अध्यक्ष डा.सिके. राउतले शनिबार गठबन्धनमा निर्णय भएपनि मित्रवत प्रतिस्पर्धाका लागि ममता झाको उम्मेदवारी कायम रहने जानकारी गराएका थिए । उपराष्ट्रपति निर्वाचनको निर्वाचन अधिकृतको कार्यालयले जसपाबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरिसकेको छ । ममता झा र प्रमिला यादवलाई उम्मेदवारी फिर्ता लिनका लागि गठबन्धनले आग्रह गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण